Posts

Showing posts from November 17, 2018

समाजवादले हिजो र आजमा के फरक ल्यायाे ?

Image
अब हुन्छ के ? जब हिजो जो जहाँ थियो, आज पनि त्यो त्यहीँ छ । हिजो जस्तो प्रकारको संरचना थियो, आज पनि त्यस्तै छ । हिजोको उत्पादन प्रणाली जस्तो थियो, आज पनि त्यस्तै छ । हिजो जसरी अर्थतन्त्र चलेको थियो, आज पनि त्यसैगरी चलेको छ । कर्मचारीतन्त्र हिजोको जस्तै छ ।  न्यायालय पनि उस्तै छ । प्रशासनिक संरचनाहरु उस्तै छन् । सरकारी सेवाकेन्द्रहरु दुरुस्तै छन् । अख्तियार अनि सेवा आयोगहरु उस्तै छन् । विद्यालय शिक्षा उस्तै छ । स्वास्थ्य उपचार उस्तै र अझ दुरह छ । विश्वविद्यालयहरु उस्तै छन् । त्यहाँ पढाउने तरीका उही छ । पढाई हुने विषयहरु उही छन् । सेना पुलिसको संरचना उस्तै छ । अनि काम गर्ने शैली, संस्कार र दैनिक व्यवहार उस्तै छ । यदि सबै हिजोको जस्तै छ भने संविधानले शब्द मात्रै दिएर कसरी समाजवाद आउँछ ? समाजवादको गन्तव्य पहिल्याउँदै गर्दा समाजवादको आन्तरिक र बाह्य चरित्र चित्रण गर्नु आवश्यक हुन्छ । हो, समाजवाद ल्याउने कार्यभार बोकेर निर्माण भएको सरकारले समाजवाद ल्याउन के गर्यो वा गर्दैछ ? त्यतातर्फ पनि ध्यान जान जरुरी छ । तर, सरकारले गर्नुपर्ने मुख्य कामको बारेमा चिन्ता र चासो लिएकै छैन । सरकार...