समाजवादले हिजो र आजमा के फरक ल्यायाे ?
अब हुन्छ के ? जब हिजो जो जहाँ थियो, आज पनि त्यो त्यहीँ छ । हिजो जस्तो प्रकारको संरचना थियो, आज पनि त्यस्तै छ । हिजोको उत्पादन प्रणाली जस्तो थियो, आज पनि त्यस्तै छ
। हिजो जसरी अर्थतन्त्र चलेको थियो, आज पनि त्यसैगरी चलेको छ । कर्मचारीतन्त्र हिजोको जस्तै छ ।
। हिजो जसरी अर्थतन्त्र चलेको थियो, आज पनि त्यसैगरी चलेको छ । कर्मचारीतन्त्र हिजोको जस्तै छ ।
न्यायालय पनि उस्तै छ । प्रशासनिक संरचनाहरु उस्तै छन् । सरकारी सेवाकेन्द्रहरु दुरुस्तै छन् । अख्तियार अनि सेवा आयोगहरु उस्तै छन् । विद्यालय शिक्षा उस्तै छ । स्वास्थ्य उपचार उस्तै र अझ दुरह छ । विश्वविद्यालयहरु उस्तै छन् । त्यहाँ पढाउने तरीका उही छ । पढाई हुने विषयहरु उही छन् । सेना पुलिसको संरचना उस्तै छ । अनि काम गर्ने शैली, संस्कार र दैनिक व्यवहार उस्तै छ । यदि सबै हिजोको जस्तै छ भने संविधानले शब्द मात्रै दिएर कसरी समाजवाद आउँछ ?
समाजवादको गन्तव्य पहिल्याउँदै गर्दा समाजवादको आन्तरिक र बाह्य चरित्र चित्रण गर्नु आवश्यक हुन्छ । हो, समाजवाद ल्याउने कार्यभार बोकेर निर्माण भएको सरकारले समाजवाद ल्याउन के गर्यो वा गर्दैछ ? त्यतातर्फ पनि ध्यान जान जरुरी छ । तर, सरकारले गर्नुपर्ने मुख्य कामको बारेमा चिन्ता र चासो लिएकै छैन । सरकारलाई आफ्नो तात्कालीक कार्यभारको कुनै टन्टै छैन ।
सरकारको दिमाग चल्छ तर, अंग चलेको छैन । थाहा छ, सबै कुुरा एकै झमकमा संभव छैन । तर, सरकारका कामकारबाहीहरुले कम्तीमा समाजवादतर्फ लक्षित भएको देखाउनु पर्ने हो । तर, आफैंले निर्धारण गरेको गन्तव्य पहिल्याउने सवालमा सरकार कुहिरोमा रुमल्लिएको काग झैं भएको छ ।
यी कुनै पनि कामको सुरुवात हुन नसक्दा यो सरकार आफैंमा दिग्भ्रमित देखिएको छ । त्यसैले सरकारका लागि समाजवादको यात्रा केवल हात्ति आयो हात्ति आयो आखिरिमा फुस्स भन्ने साबित हुँदैछ ।

Comments
Post a Comment