भोकाएको गोजी !
{ न खान्छ भात यो न त खान्छ रोटी पैशा बिना सधै भोकै छ गोजी । } - हृदय खड्का / निराजन खड्का हजारौँ चाहाना र लाखौँ सपना बोकेर काठमाडौँ शहरमा छिरियो । शिक्षणको शिलसिलामा आफ्ना लाखौँ र परिवारका हजारौँ सपना पुरा गर्न भनि आइपुगेको काठमाण्डौँ शहरमा कहिले के ले सतायो त कहिले के ले, गाउँघरको सफा सुन्दर र मग्नमुग्ध वातावरणमा रमाउने अनि आफ्ना साथीहरुसंग दिनभर अनेक किसिमका मिठामिठा बातहरु गरेर दिन बिताउने बानी परेको म बिरानो सपनाको सहर मलाई ग्रहणले छोपेको सुर्य जस्तै लाग्यो । हावा पानी र खानपिनमा समेत परिवर्तन हुँदा सुरु सुरुमा मलाई घुलमिल हुन निकै नै गाह्रो प¥यो । सपनाको सहर काठमाडौंको बारेमा म अपरिचित थिए । खुल्ला घरहरुको बस्तिमा हुर्केको म काठमाडौंको घना र बाक्लो बस्तिहरु बारे मलाई केहि थाहा थिएन । सुरुमा कहाँ र कता जाने छुट्याउन नै धौ धौ परेको थियो । सपनाको सहरबारे अन्जान भएकाले म अध्यारोमा हिडेको यात्रू झै कहिले यता भौतारिए त कहिले उता । विस्तारै म मरुभुमि तुल्य यस शहरमा घुलमिल हुदै गए र साथिहरुक...