बिचौलिया !





लेख्नुपर्छ मैले ,किन की यहाँ,

सृजनाका धेरै पृष्ठ खाली छन्,

बन्नु छ आत्मनिर्भर र स्वविवेकी 

किन कि यहा धेरै मान्छे जाली छन् ।


आफ्नाले आफ्नालाई ठग्दै छन् 

पराईको के भर्

टाउकेहरूले बुटि बानी दिए 

यिनलाई के डर ।


को आफ्नो को पराई 

कपटिका खुट्टा भाच्नुपर्छ ,

यति नगरे भोलि 

यिनकै आदेशमा बाँच्नुपर्छ ।


दुख बिर्सियर हाँस्ने हैन साथी 

मन भुलेर हास्नुपर्छ ।


यिनि सधैका दामी 

हामी सधैका ज्यामी 

यिनैले नै लडाए बाहुन र कामी 

पजेरो नि यिन्का, महल पनि यिन्का, 

हामी सधैका आसामी ,


हरेक पल्ट लुटिए कि ठगिए 

बँचे कि त जोगिए 

भन्ने आयो बेला 

अझै कति भोग्ने हो यस्ता झमेला 

अब त अति भो 

यि कपटि थचक्कै बस्नुपर्छ

फेरि पनि सल्बलाए 

यिनका पाता कस्नुपर्छ ।


संस्कृति खराब थिएन 

कहिल्यै पनि भएन 

संस्कार खराब बन्दै छ

यो त अति भो, कति भो कति 

मेरो चेतले भन्दै छ।

  

मलाई कहि जानु पनि छैन 

फेरि, यत्तिकै बस्नु पनि सहि छैन 

दिउँसै नदेखे झै गर्नेहरू 

अब आखा खोल्नुपर्छ 

मुकदर्शक कति बन्ने 

अब त केहि बोल्नु पर्छ ।


छोइदैन कसैको चरण ,

परिदैन कसैको शरण ,

जति गोजी भरेनी 

आखिर छोडि जानि हो 

नगरिकन अन्टसन्ट आफ्नै ल्यागतले खानि हो ।

 

Comments

Post a Comment