किशोरावस्था मेरो धरापपुर्ण उमेर


  - दया दुदराज


न त घर परिवारको वास्था

गर्दै हिड्ने व्यबहारिक बेवास्था

महिला र पुरुष बिच फरक कुघारणा र आस्था

कस्तो घिनलाग्दो उमेर मेरो किशोरावास्था ।


माथि प्रस्तुत सानो कविताको अंसबाट हामि स्पष्ट हुन सक्छौ कि किशोरावस्था कस्तो उमेर र कतिको लजास्पदको छ भनेर । आउनुहोस् यसको बारेमा केहि चर्चा गरौँ , जन्मजातै कुनै व्यक्ति ठुलो भएर जन्मेको हुदैन ठुलो हुनको लागि एक प्रक्रिया हुन्छ । जसमा धेरै अवश्थाहरु पार गर्नेुपर्ने हुन्छ जस्तै बाल्यवश्था जुन निकै रमाईलो र अविस्मरणीय हुन्छ जसलाई हामि चाहेर पनि विर्षन सक्दैनौ । मानिसको अर्को अवस्था भनेको किशोरावस्था हो जुन निकै संवेदनशिल र धरापपुर्ण अवस्थामा हुन्छ ।
किशोरावस्था मानिसको यस्तो अवस्था हो जुन अवस्थामा माानिसले आफुलाई यो संसारकै सबैभन्दा ठुलो र विद्वान व्यक्ति म जत्तिको कोहि छैन भनि परिचित भएको हुन्छ र यो संसार निकै ठुलो भएको महसुस गर्दछ । यो अवस्था मानिसको एक संवेदनशिल उमेर हो भनि हामि पुष्टी गर्न सक्छौँ किन भने यो उमेरमा विग्रिएको मानिस सप्रिन निकै कठिन छ । सुद्घ नेपालिमा भन्ने हो भने यस्तो अवस्थालाई वैसालु उमेर भनेर भनिन्छ ।

किशोरावस्था के हो ?

किशोरावस्थाको सब्द ल्याटिन भाषाको ब्मयभिकअभचभ  शब्दबाट विकास भएको हो जसको अङग्रेजी रुपान्तरण  ब्मयभिकअभलअभ हुन्छ जसको अर्थ क्रमश (तय नचयध यच नचयध तय mबतगचष्तथ० वयस्कता भन्ने बुझिन्छ ।  यो अवस्था भनेको वाल्यवस्थाबाट प्रौढतातिर लाग्ने अवस्था हो  जुन बाल्यवस्था र परिपक्वताको बिचमा यौनावस्थाको रुपमा परिचित हुन्छ यो अवस्था भनेको शारीरिक, मानसिक र संबेगात्मक रुपमा तीब्र परिवर्तन भइरहेको अवस्था हो ।

बालबालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउछ जुन अवस्थानै किशोरावस्था हो अर्थात कुनै व्यक्ति बाल्यकालबाट वयस्क हुने परिवर्तनशील अवस्था भन्ने बुझिन्छ । सामान्यतया यस उमेरमा किसोर तथा किशोरीहरुको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक क्षेत्रमा विकास हुनुका साथसाथै परिपक्व भएको सुचित गर्दछ भने यो अवस्थामा सबैभन्दा बढि यौनसम्बन्धी परिर्वन हुने गर्दछ । 

किशोरावस्थाको चरण वा तह

प्रसिद्ध बाल मनोवैज्ञानिक हुर्लक (Hurlock)का अनुसार किशोरावस्थालाई दूई तहमा विभाजन गरेका छन् जसलाई निम्नानुसार प्रस्तुत गर्न सक्दछौँ ।

१ प्रारम्भीक किशोरावस्था
सामान्यतया १३ बर्ष देखि १६र१७ बर्ष उमेर सम्मको अवस्था

२ उत्तर किशोरावस्था
सामान्यतया १६ बर्ष देखि १८ बर्ष उमेर सम्मको अवस्था 

सारीरिक परिार्तनहरु

सामान्यतया यस अवस्थामा पुरुषहरुमा हलक्क बढ्नु, काधँ चौढा हुनु, दाह्री जुगाँ आउनु ,स्वर धोद्रो हुनु ,काखिमुनि रौँ आउनु ,यौनाङ्ग वरिपरी राँै आउनु ,पसिनाग्रन्थी सक्रिय भई बढि पसिना आउनु ,लिङ्ग तथा अण्डकोष बढ्नु ,विर्य उत्पादन सुरु हुनु ,स्वप्नदोष हुनु, डण्डीफोर आउनु र लिङ्ग उत्तेजना हुनु जस्ता परिवर्तनहरु यो अवस्थामा देखापर्ने गर्दछ ।

यो अवस्थामा सामान्यतया पुठ्ठो चौडा हुनु, तिग्रा सोली आकारमा परिवर्तन हुनु, स्वर सुरिलो हुन, काखिमुनि रौँ आउनु, यौनाङ्ग वरिपरि रौँ आउनु, डण्डीफोर आउनु, पाठेघर बढ्नु, महिनावारी सुरु हुनु, स्तन बढ्नु स्वप्नदोष हुनु आदि जस्ता सारीरिक परिवर्तनहरु महिलाहरुमा देखापर्ने गर्दछ ।

व्यवहारीक परिवर्तनहरु

विपरित लिङग प्रति यौनको दृष्टिकोणले आकर्षण बढनु, यौन चाहना प्रकट हुनु वा यौन सम्बन्धी कुराको खोजि गर्नु, बढि स्वतन्त्र हुने कोसिस गर्नु, आफुभन्दा ठुलाको विद्रोह गर्नु, एक्लै बस्न मन पराउनु, सोचाइहरु प्रिवर्तन भई रहनु, बहस गर्न र कम आज्ञाकारी बन्नु, बढि गोपनियता चाहनु, आफ्नो स्वरुपवारे अलमलिनु,महिनावरी,स्वप्नदाष,हस्तमैथुन,स्तन र लिङगको आकारबारे बढि चिन्तन गर्नु, लक्ष्यहरु परिवर्तन भईरहनु, अस्वभाविक कुरा सोच्नु, आफ्नै मुल्य मान्यताको विकासगर्नु जस्ता भावनात्मक वा व्यबहारीक परिवर्तनहरु किशोराबस्थामा देखापर्ने गर्दछ । 

यी भए सामान्य परिर्वनहरु जुन मानव कार्यकालको पाटो हो जुन कुनै अनौठो होईन । यस्ता अवस्थाहरुलाई पार गर्दै मानिस आफ्नो गन्तव्य सम्म पुग्छन् ।





Comments